परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने « Khabarhub

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन् । मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भम्रण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ । वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालैमात्र भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए ।

यसैगरी मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दललगायत राज्यका सबै निकाय र सञ्चार क्षेत्रको पनि एकमत हुनुपर्ने बताउनुभयो । साथै उहाँले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गरे । मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका योजना बारेमा सुनाउँदै उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नती गर्न लागेको बताए ।

त्यस्तै मन्त्री खनालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने, लुम्बिनी फेलोसिप कार्यक्रमको सुरुआत गर्ने, भू–रणनीतिक सम्मेलन आयोजना गर्ने, राहदानीको बायोमेट्रिकमा देखिएका चुनौतीलाई समाधान गर्नेलगायत योजनाका बारेमा अवगत गराए । सोही अवसरमा उनले हालैको आफ्नो भारत भ्रमण प्रभावकारी र उपलब्धिमूलक भएको बताउँदै द्विपक्षीय आपसी हितका विविध विषयमा खुलेर सौहार्ध रूपमा भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता भएको उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकारको प्रतिबद्धताअनुसार आर्थिक समृद्धि र सुशासनका लागि मन्त्रालयले काम गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयबाट भएरगरेका कामका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १० : ३३ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका