मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ? « Khabarhub

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

‘गोलीगाँठोमा सामान्य चोट छ, तर म पूर्ण ठीक छु’


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा घाइते भएका फ्रान्सेली स्टार स्ट्राइकर किलियान एम्बाप्पेले आफ्नो चोट गम्भीर नरहेको स्पष्ट पारेका छन् ।

बोस्टनमा मोरक्कोमाथि २–० को जित निकाल्ने क्रममा खेलको ७७औं मिनेटमा खुट्टा तन्काउँदै मैदानमा लडेपछि एम्बाप्पेलाई मैदानबाट बाहिर निकालिएको थियो । बेन्चतर्फ इसारा गर्दै उनी मैदानमा बस्दा फ्रान्सेली टोली र समर्थकमाझ चिन्ता बढेको थियो ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एम्बाप्पेले आफूलाई गोलीगाँठो (एन्कल) मा सामान्य चोट लागेको तर अहिले पूर्ण रूपमा ठीक रहेको बताएका छन् ।

लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्सका लागि एम्बाप्पेको यो बयानले ठूलो राहत दिएको छ ।

फ्रान्सले अब सेमिफाइनलमा आगामी मंगलबार स्पेन वा बेल्जियमको सामना गर्नेछ, जसमा चोटमुक्त भएर एम्बाप्पे मैदान उत्रिने सम्भावना बलियो छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : १० बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक