मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ? « Khabarhub

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

‘गोलीगाँठोमा सामान्य चोट छ, तर म पूर्ण ठीक छु’


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा घाइते भएका फ्रान्सेली स्टार स्ट्राइकर किलियान एम्बाप्पेले आफ्नो चोट गम्भीर नरहेको स्पष्ट पारेका छन् ।

बोस्टनमा मोरक्कोमाथि २–० को जित निकाल्ने क्रममा खेलको ७७औं मिनेटमा खुट्टा तन्काउँदै मैदानमा लडेपछि एम्बाप्पेलाई मैदानबाट बाहिर निकालिएको थियो । बेन्चतर्फ इसारा गर्दै उनी मैदानमा बस्दा फ्रान्सेली टोली र समर्थकमाझ चिन्ता बढेको थियो ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एम्बाप्पेले आफूलाई गोलीगाँठो (एन्कल) मा सामान्य चोट लागेको तर अहिले पूर्ण रूपमा ठीक रहेको बताएका छन् ।

लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्सका लागि एम्बाप्पेको यो बयानले ठूलो राहत दिएको छ ।

फ्रान्सले अब सेमिफाइनलमा आगामी मंगलबार स्पेन वा बेल्जियमको सामना गर्नेछ, जसमा चोटमुक्त भएर एम्बाप्पे मैदान उत्रिने सम्भावना बलियो छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : १० बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र