अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती « Khabarhub

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार गर्दै जिल्लामै नमुना कृषकका रूपमा पहिचान बनाएका छन् ।

अमरगढी नगरपालिका–९ झुकाल गाउँका ६६ वर्षीय कमलसिंह झुकालले शिक्षण पेशाबाट अवकाश लिएपछि अमरगढी नगरपालिका–८ आलीमा गाडलेक बहुउद्देश्यीय कृषि फर्म स्थापना गरी करिब ७० रोपनी क्षेत्रफलमा आधुनिक कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् ।

भूमिराज प्राविका पूर्वप्रधानाध्यापकसमेत उनले हालसम्म जग्गा खरिद, सिँचाइ, पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनमा दुई करोड २० लाख लगानी गरिससकेका छन् । 

फर्ममा २५ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी, २५ रोपनीमा फलफूल खेती तथा बाँकी जमिनमा पशुचौपायाका लागि घाँस उत्पादन भइरहेको छ । वर्षभरि उत्पादन कायम राख्न लिफ्टिङ प्रविधिमार्फत सिँचाइको व्यवस्था गरिएको छ ।

पछिल्ला पाँच–छ वर्षदेखि व्यावसायिक कृषि गर्दै आएका झुकालले गत वर्ष करिब २० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । सबै खर्च कटाएर करिब पाँच लाख बचत भइरहेको उनले बताए । 

उनका अनुसार कृषि व्यवसायबाट आम्दानीसँगै स्थानीय युवाका लागि रोजगारीको अवसरसमेत सृजना भएको छ । 

‘अवकाशपछि खाली बस्नुभन्दा उत्पादनमूलक काम गरौँ भन्ने सोचले कृषि रोजेँ,’ उनले भने, ‘मेहनत र लगनशीलता भए कृषि क्षेत्र पनि राम्रो आम्दानीको माध्यम बन्न सक्छ ।’

झुकालको कृषि उद्यमलाई कृषि ज्ञान केन्द्र डडेल्धुरा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएका छन् । 

कृषि ज्ञान केन्द्रले ५०० बोट ओखर र १०० बोट किबीका बिरुवा पनि उपलब्ध गराएको छ । रासस

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख