जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसहित २७ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

आयोगका अनुसार काठमाडौं जिल्लाको साविक साङ्ग्ला गाउँ विकास समिति वडा नम्बर ९ मा रहेको निजी गुठीको जग्गाहरू आपसी मिलेमतोमा सरकारी कागजात सच्याई व्यक्ति विशेषको नाममा कायम गराएर भ्रष्टाचार गरिएको अनुसन्धानबाट खुलेको छ । 

प्रतिवादीहरूमाथि गलत लिखत तयार पारेको, सरकारी कागजात सच्याएको र सरकारी सम्पत्तिमा नोक्सान पुर्‍याएको गम्भीर आरोप लगाइएको छ ।

मुद्दा दायर गरिएका २७ जना प्रतिवादीहरूमा मालपोत कार्यालय टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख खनालसहित अन्य कर्मचारी तथा संलग्न व्यक्तिहरू रहेका छन् । 

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११, दफा १२ र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सजायको माग दाबी गरेको छ । आयोगले अभियुक्तहरूलाई ऐनको सोही व्यवस्था अनुसार कैद र जरिवाना सजाय गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : २६ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका