आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६ अगष्ट ११ तारिख। साउन कृष्ण पक्षको चतुदर्शी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। विरोधी सक्रिय छन्। आफ्नो भनेको साथी विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

वृष : दिन राम्रो छ। आज बोलीको प्रभावले काम बन्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। राजनीतिक नियुक्तिको अवसर प्राप्त होला। शिक्षामा सफलता मिल्नेछ।

मिथुन : दिन राम्रो छ। सोचेको काम बन्नेछ। गुरुसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। हरेक काममा थप मिहिनेत आवश्यक छ।

कर्कट : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंह : दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। आज सोचेर मात्र बोल्नु उपयुक्त हुनेछ । तपाईंले विश्वास गरेका पात्र विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शुभ दिन छ । सोचेका काम बन्नेछन् । कतै रमाइलो यात्रा हुनेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । शिक्षामा सुधार हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

वृश्चिक : दिन राम्रो छ। प्रतिभाको प्रदर्शन गर्नुपर्ने छ। मानसम्मान प्राप्त हुनेछ । विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ । हरेक काममा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमै रोजगारीको विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भ : दिन सामान्य छ। खर्च बढ्नेछ। तपाईंमाथि व्यवहारिक बोझ थपिने छ। काममा अवरोध हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। व्यापामार थप मिहिनेत गर्नु उचित हुन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ५ : ११ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्