कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु « Khabarhub

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १११ जनाको ज्यान गएको छ भने ८७ जना घाइते भएका छन्।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको यो भूकम्प पछिल्लो एक दशकयताकै सबैभन्दा शक्तिशाली हो। भूकम्पका कारण विभिन्न शहरमा दर्जनौँ भवनहरू भत्किएका छन्। मानिसहरू भग्नावशेषभित्र थुनिएका छन् भने राजधानी बोगोटासम्मका बासिन्दा घर छाडेर खुला ठाउँमा सडकमा निस्कन बाध्य भएका छन्।

भूकम्पपछि नवनियुक्त राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। उनले छिट्टै प्रभावित क्षेत्रको निरीक्षण गर्ने बताउँदै भने, “हामी हाम्रा नागरिकलाई यो विपद्‌मा एक्लो छाड्ने छैनौँ। पूर्ण क्षमताका साथ उद्धार र राहतमा जुट्ने छौँ।”

अमेरिकी भूगर्भ सर्भिसका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी बोगोटाभन्दा करिब ४०० किलोमिटर पश्चिममा रहेको छोको क्षेत्रको सान जोसे डेल पाल्मार नजिक १०७ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पपछि २.८ र ४.८ म्याग्निच्युडका दुईवटा परकम्पहरू पनि महसुस गरिएका छन्। अमेरिकी सुनामी चेतावनी प्रणालीले भने सुनामीको जोखिम नरहेको स्पष्ट पारेको छ।

विपत्का कारण मनिजालेस, क्विब्डो, आर्मेनिया, कार्टागो, बुएनाभेन्चुरा र पेरेरा विमानस्थलका उडानहरू स्थगित गरिएका छन्। यस्तै, कोलम्बियन फुटबल संघले आगामी लिग म्याचहरू स्थगित गरेको छ।

प्रशान्त महासागरीय तटीय क्षेत्रमा पर्ने छोको देशकै गरिब र दुर्गम क्षेत्र मानिन्छ। अधिकांश ग्रामीण भूभाग डुङ्गा वा विमानमार्फत मात्र पुग्न सकिने भएकाले क्षति र जीवनहानिको वास्तविक विवरण संकलन गर्न उद्धारकर्मीहरूलाई कठिन भइरहेको छ।

यसैबीच अमेरिका र युरोपेली युनियनले कोलम्बियालाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन तयार रहेको जनाएका छन्। युरोपेली युनियनकी प्रमुख उर्सुला भोन देर लेयनले उद्धार कार्यमा सहयोग पुर्‍याउन स्याटेलाइट सेवा ‘कोपरनिकस’ परिचालन गरिसकिएको जानकारी दिएकी छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ६ : ३३ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका