इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान « Khabarhub

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति र मानवीय हानिको क्षतिपूर्ति माग्ने घोषणा गरेका छन्। इरानले ५ महिना लामो युद्धका कारण भएको क्षतिको भरपाई अमेरिकाले गर्नुपर्ने शर्त राखेको केही दिनपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

यसअघि तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउनका लागि वासिङ्टनसामु क्षतिपूर्तिको शर्त तेर्स्याएको थियो। ट्रम्पले भने त्यसको जवाफमा इरान समर्थित गतिविधि र आक्रमणबाट क्षति भोगेका पीडितका लागि इरानले नै क्षतिपूर्ति तिर्नुपर्ने अडान दोहोर्‍याएका छन्।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेता मोज्तबा खामेनेईसँग हालै भएको सात घण्टा लामो बैठकले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन्। सत्ता सम्हालेयता सार्वजनिक रूपमा नदेखिएका खामेनेईको स्वास्थ्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला पेजेस्कियानले उनी पूर्ण रूपमा स्वस्थ रहेको स्पष्ट पारेका हुन्।

उता वासिङ्टनमा आउँदो नोभेम्बरमा हुने निर्वाचन नजिकिँदै गर्दा ट्रम्पका सल्लाहकारहरूले भने इरान रणनीतिमा संयम अपनाउन र युद्धलाई थप नबढाउन सुझाव दिएका छन्। इरान हाल गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको र यसले तेहरानभित्रका कट्टरपन्थी र मध्यममार्गी समूहबीच विभाजन ल्याउन सक्ने ह्वाइट हाउसको आँकलन छ।

सार्वजनिक रूपमा भने राष्ट्रपति ट्रम्पले आफ्नो वर्तमान स्थितिप्रति सन्तुष्टि जनाउँदै आफूले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोकेको दाबी गर्दै आएका छन्। यद्यपि, आलोचकहरूले भने लम्बिरहेको यस द्वन्द्वबाट बाहिरिने स्पष्ट मार्गचित्र नहुँदा आगामी निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीलाई राजनीतिक क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : ०१ बजे

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग