बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल « Khabarhub

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सत्ताको जिम्मेवारीमा पुगेपछि मात्रै पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता बाहिर आएको बताएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बालेन र रविको हातमा सत्ताको बागडोर नपुगुञ्जेल राजनीतिक वृत्तमा अनेकौँ ‘भ्रम’ र ‘सपना’हरूको खेती तीव्र रूपमा भएको टिप्पणी गरेका हुन्।

“उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दा उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ,” महासचिव पोखरेलले भनेका छन्, “पपुलिज्मको वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ- यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो।”

नयाँ र लोकप्रिय मानिएका शक्ति सत्तामा पुगेपछि उनीहरूको वास्तविक डेलिभरी र कार्यक्षमता आम नागरिकसामु प्रस्ट भएको दाबी पोखरेलले गरेका हुन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १० : ४३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको