अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज « Khabarhub

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा औपचारिक रूपमा खारेज भएको छ।

अमेरिकी न्याय विभागले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको मुद्दा खारेजसम्बन्धी अनुरोध सोमबार स्वीकृत गरेका हुन् ।

अदालती अभिलेखअनुसार अभियोजकहरूले गत मेमा सन् २०२४ मा दायर गरिएको आरोप खारेज गर्न अनुरोध गरेका थिए। अडानी र उनीसँग सम्बन्धित व्यक्तिहरूमाथि भारतमा आकर्षक सौर्य ऊर्जा आपूर्ति सम्झौता प्राप्त गर्न भारतीय अधिकारीलाई करिब २६ करोड ५० लाख अमेरिकी डलर घुस दिने योजना बनाएको आरोप लगाइएको थियो।

अडानीमाथि लगानीकर्तालाई भ्रममा पार्ने तथा अमेरिकी वित्तीय बजारसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपसमेत लगाइएको थियो।

अमेरिकी न्याय मन्त्रालयले मुद्दा खारेज गर्ने निर्णय गरे पनि त्यसको प्रक्रियाप्रति न्यायाधीश गाराउफिसले असन्तुष्टि जनाएका छन् ।
उनले ट्रम्प प्रशासनका डेपुटी एसोसिएट अटर्नी जनरल ट्रेन्ट म्याककोटरले मुद्दा खारेज गर्ने निर्णय गर्दा अनुसन्धानकर्ता तथा अभियोजन पक्षका अधिकारीबाट पर्याप्त सुझाव नलिएको विषयलाई असामान्य भएको टिप्पणी गरेका छन्।

अदालतको आदेशमा म्याककोटरले प्रतिरक्षा पक्षका वकिलसँगको सहकार्यमा निर्णयमा पुगेको देखिएको तथा कथित अपराधको अनुसन्धान गर्ने एफबीआई र अमेरिकी धितोपत्र तथा विनिमय आयोग ९एसईसी० का अधिकारी एवं मुद्दा अघि बढाउने अभियोजकबाट आवश्यक जानकारी नलिएको उल्लेख गरिएको छ।

सङ्घीय कानुनी प्रणालीमा अदालतमा दर्ता भइसकेको गम्भीर आपराधिक मुद्दा अभियोजन पक्षकै अनुरोधमा यसरी खारेज हुनु दुर्लभ मानिन्छ।

यसअघि अमेरिकी सञ्चारमाध्यमले अडानीका कानुनी प्रतिनिधि रोबर्ट गिफ्राले अप्रिलमा अमेरिकी न्याय मन्त्रालयका अधिकारीसँग आरोप खारेज गरिएमा अडानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलर लगानी गर्न इच्छुक रहेको बताएको उल्लेख गरेका थिए।

न्यायाधीश गाराउफिसले अडानी पक्षबाट गरिएको भनिएको लगानी प्रतिबद्धता अमेरिकी सरकारको अभियोजन खारेज गर्ने निर्णयको कुनै कारण बनेको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न उठाएका थिए। यद्यपि, अन्ततः उक्त लगानी प्रतिबद्धता अभियोजन खारेज गर्ने निर्णयको आधार नभएको निष्कर्ष निकालिएको छ।

मुद्दा खारेज भएपछि गौतम अडानीले अमेरिकी अदालतको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत उहाँले अमेरिकी अदालतको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्दै न्यायिक प्रक्रियाप्रति आफूहरूको गहिरो सम्मान रहेको बताए ।चुनौतीपूर्ण अवधिमा आफूहरूको सत्य, निष्पक्षता र विधिको शासनप्रतिको विश्वास अटल रहेको उनले उल्लेख गरे।
अडानी समूह भारतका ठूला व्यापारिक समूहहरूमध्ये एक हो। समूहले बन्दरगाह, विद्युत् आयोजना, सिमेन्ट, ऊर्जा तथा सञ्चारमाध्यमलगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १ : १३ बजे

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले