संसद्‌ सुरु हुनेबित्तिकै विपक्षीको विरोध « Khabarhub

संसद्‌ सुरु हुनेबित्तिकै विपक्षीको विरोध

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारलाई बोल्न समय दिएका थिए ।

सांसद स्वारले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे जिम्मेवार अभिव्यक्ति नदिएको आरोप लगाउँदै संसद्मा माफी माग्नुपर्ने माग गरे । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुको साटो आफू ‘नाकाबन्दी वा घेराबन्दीमा परेको’ भन्दै अभिव्यक्ति दिएकोप्रति उनले आपत्ति जनाए ।

लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको भूभाग भएको स्पष्ट हुँदाहुँदै पनि सरकारले यस विषयमा मौनता साँधेको आरोपसमेत स्वारले लगाए ।

भ्रष्टाचार नियन्त्रणका लागि सबै नेता तथा जनप्रतिनिधिको सम्पत्ति, सुनचाँदी र जग्गाजमिनको विवरण सार्वजनिक गरी निष्पक्ष छानबिन गर्नुपर्ने उनको भनाइ थियो । उनले सरकारलाई विभिन्न घटनाका छानबिन प्रतिवेदन पारदर्शी रूपमा जनतासमक्ष ल्याउन चुनौतीसमेत दिए ।

विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई कसले रोकेको छ भन्दै उनले प्रश्न गरे ।

अन्य विपक्षी सांसदहरूले पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति नसच्चिएसम्म संसद्मा विरोध जारी राख्ने बताएका छन् । उनीहरूले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १ : ३८ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल