बसर अल असदलाई मृत्युदण्डको फैसला « Khabarhub

बसर अल असदलाई मृत्युदण्डको फैसला


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको छ । गृहयुद्धका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै मंगलबार अदालतले असदको अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाएको हो ।

असदसँगै उनका मामाका छोरा अतेफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । दक्षिणी प्रान्त डारामा भएको प्रदर्शनमा दमन गरेको आरोपमा नजिबलाई मृत्युदण्ड दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

एएफपीका अनुसार न्यायाधीशले सजाय सुनाउने बेला नजिबलाई कैदीले लगाउने पोसाकमा बन्द कठघरामा उभ्याइएको थियो । सन् २०२४ को डिसेम्बरसम्म सिरियामा चलेको गृहयुद्धमा पराजित भएपछि असद र उनका भाइ महेर भागेर रुस पुगेका थिए ।

नजिबलाई भने पक्राउ गरिएको थियो । सिरियाली सेनाका ब्रिगेडियर जनरल नजिब भने डारा प्रान्तमा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ३ : २६ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ