अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह « Khabarhub

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै यादव १२ दिनदेखि अनशनमा बसिरहेका छन् । आयोगले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनको जीवनरक्षाका लागि तत्काल प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्न र उनको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरिएको छ ।

आयोगले यादवले उठाएका विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नसमेत सरकारलाई अनुरोध गरेको छ । अनशनका कारण स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने भएकाले समयमै आवश्यक उपचार तथा संवादमार्फत समस्या समाधान गर्न आयोगले जोड दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ४ : २३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको