इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प « Khabarhub

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति इरानले नै तिर्नुपर्ने बताएका छन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र उक्त जलमार्ग अहिले ‘शतप्रतिशत’ अमेरिकी नियन्त्रणमा रहेको दाबी गरे।

इरानसँगको पछिल्लो तनाव र असमझदारीबारे बोल्दै ट्रम्पले तेहरानले अमेरिकी कारबाहीका कारण भएको क्षतिको क्षतिपूर्ति मागिरहेको उल्लेख गरे। त्यसको जवाफमा अमेरिकाले पनि इरानसँग क्षतिपूर्ति माग गर्ने उनले बताए।

यसअघि ट्रम्पले अमेरिका–इजरायलको सैन्य कारबाहीका क्रममा इरानमा भएको आर्थिक क्षतिका लागि तेहरानले गरेको क्षतिपूर्तिको माग अस्वीकार गरेका थिए। बरु, इरानले आफ्नै गतिविधिका कारण हुने मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।

सामाजिक सञ्जालमा इरानको क्षतिपूर्ति मागलाई ‘रोचक विचार’ भन्दै ट्रम्पले भविष्यमा हुने कूटनीतिक वार्तामा अमेरिकाले पनि आफ्नो प्रति–माग प्रस्तुत गर्ने संकेत गरेका छन्।

स्ट्रेट अफ हर्मुज विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक भएकाले त्यहाँको सुरक्षा र आवागमनमा उत्पन्न कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ५ : ०७ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल