सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै « Khabarhub

सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मोगादिशु- दक्षिण–पश्चिम सोमालियाको बाइदोआस्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको ‘डाक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ)ले जनाएको छ । एमएसएफका अनुसार जनवरीयता बाइदोआमा पाँच वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब ५० प्रतिशतमा कुपोषण देखिएको संस्थाले जनाएको छ । दक्षिण–पश्चिमी बाइदोआका १४ विस्थापित शिविरका ८८८ घरपरिवारमा जुलाईमा गरिएको सर्वेक्षणमा केवल दुई प्रतिशत परिवारले मात्र दैनिक तीन छाक खान पाउने अवस्था रहेको पाइएको थियो ।

एमएसएफका चिकित्सा संयोजक मिचेल साङमाले बाइदोआमा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको बताइन् । उनका अनुसार जनवरीयता कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा भर्ना गर्ने क्रम उल्लेख्य रूपमा बढेको छ । एमएसएफले कुपोषित बालबालिकाको उपचारका लागि आफ्नो स्वास्थ्य केन्द्रको क्षमता जुनमा ५० शय्याबाट बढाएर १२० पुर्‍याएको जनाएको छ ।

साङमाका अनुसार स्वास्थ्य केन्द्रको आकस्मिक कक्ष, बालरोग तथा पोषण वार्डलगायतका स्थान कुपोषित बालबालिकाले भरिएका छन् । साङमाले करिब ९० प्रतिशत बालबालिकामा गम्भीर स्वास्थ्य जटिलता देखिएको बताइन् । उपचारपछि पुनः कुपोषित भएर स्वास्थ्य केन्द्रमा फर्किने बालबालिकाको सङ्ख्या पनि उच्च रहेको एमएसएफले जनाएको छ । एमएसएफका महामारी रोग विशेषज्ञ चेनोआ शङ्करका अनुसार संस्थाको सहयोगमा सञ्चालित कार्यक्रममा उपचारपछि पुनः भर्ना हुने बालबालिकाको दर ६० प्रतिशतभन्दा बढी छ ।

पोषण अभावका मूल कारण सम्बोधन हुन नसक्दा उपचारपछि पनि बालबालिका पुनः स्वास्थ्य समस्या लिएर फर्किने गरेको उनले बताए । विश्वव्यापी मानवीय सहायता कोषमा आएको कमीले सोमालियाको अवस्था थप जटिल बनाएको एमएसएफले जनाएको छ । संस्थाका अनुसार सन् २०२६ को सोमालियाको मानवीय सहायता योजनामा ४० प्रतिशत कटौती गरिएको छ भने जुलाईसम्म आवश्यक रकमको एक तिहाइभन्दा कम मात्र जुटेको छ ।

यसका कारण एमएसएफ तथा अन्य गैरसरकारी संस्थाले कुपोषण रोकथामका कार्यक्रमभन्दा जीवनरक्षाका कार्यक्रमलाई प्राथमिकता दिनुपरेको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा सोमालियामा पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये करिब ९० प्रतिशत विस्थापनको मुख्य कारण खडेरी रहेको राष्ट्रसङ्घले जनाएको छ ।

सोमालिया जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकमध्ये एक हो । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण खडेरीजस्ता चरम मौसमी घटना अझ बारम्बार र तीव्र बन्दै गएका छन् । अन्तर्राष्ट्रिय सहयोग तथा मानवीय सहायता कोषमा आएको कमीका साथै देशमा असुरक्षा पनि बढेको छ ।

यसले अल–शबाबविरुद्ध लामो समयदेखि जारी सुरक्षा कारबाही तथा मानवीय सहायता वितरणमा चुनौती थपेको छ । गत जुनमा संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले सोमालियाका करिब एक तिहाइ जनसङ्ख्या खाद्य असुरक्षाको सामना गरिरहेको बताएका थिए । लामो समयदेखि द्वन्द्व र अस्थिरताको सामना गरिरहेको सोमालियामा पछिल्ला वर्षकै गम्भीर खडेरी परेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : १० बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री