सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’ « Khabarhub

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

वालेन्द्रको भ्रमण मिति तय हुन बाँकी, निम्तो पुरानै


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा नेपालमा भइरहँदा भारतले यस विषयलाई द्विपक्षीय संयन्त्रमै छलफल गर्न सकिने जवाफ दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् । उनले अर्को सन्दर्भमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि गत चैत १३ गतै नै निमन्त्रणा दिइसकेको पनि बताएका छन्।

जयसवाललाई दिल्लीमा सञ्चारकर्मीहरूले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार संसद्मा सुगौली सन्धिको सक्कल प्रति नभेटिएको बताएकाबारेमा प्रश्न गरेका थिए।

जवाफमा जयसवालले नेपाल र भारतबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै कतिपय विषयमा दुई देशबीच सहमति नहुन सक्ने पनि तर्क गरे ।

‘भारत र नेपालबीचको सम्बन्ध धेरै राम्रो छ। कतिपय विषयमा सहमति नभएको हुनसक्छ। तर, त्यस प्रकारका मुद्दाका लागि द्विपक्षीय संयन्त्र छ। त्यसैमार्फत कुराकानी गर्न सक्छौँ,’ उनले भने।

नेपाल–अंग्रेज युद्ध अन्त्य गर्न सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको पश्चिमी तथा दक्षिणी सीमासम्बन्धी महत्वपूर्ण व्यवस्था गरेको थियो।

यही सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नेपालले २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। उक्त नक्सामा समेटिएको भूभागलाई भारतले आफ्नो भनिरहेको छ। उसले चीनसँग मिलेर नेपाली भूमि लिपुलेकबाट व्यापार पनि थालिसकेकोछ।

यसअघि सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि सुगौली सन्धिको सक्कल प्रति कहाँ छ भन्ने कुरा उठेको थियो। नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको उक्त सन्धिको मूल प्रति नेपालसँग वा बेलायतसँग भन्ने विषयमा सांसदहरूले प्रश्न उठाएका थिए। त्यसको जवाफमा खनालले मूलप्रति नभेटिएको बताएका थिए ।

प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पुरानै

पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा दिइसकेको दोहोर्‍याएका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार प्रधानमन्त्री शाहसँग भेट गरेको जानकारी दिँदै उनले भेटमा दुई देशबीचका द्विपक्षीय हित र चासोका विभिन्न विषयमा छलफल भएको बताए।

‘हाम्रा राजदूतले त्यहाँका प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ। यस भेटका क्रममा दुई देशबीचको द्विपक्षीय हित र चासोका विविध मुद्दाहरूमा छलफल भएको छ,’ जयसवालले भने।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे सोधिएको प्रश्नमा उनले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै समय अर्थात् गत चैत १३ गते नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निमन्त्रणा दिएको पनि जयसवालले खुलाए।

‘जहाँसम्म भारत भ्रमणको कुरा छ, हामीले उहाँलाई पहिले नै निमन्त्रणा दिइसकेका छौँ। उहाँले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकै दिन हाम्रा प्रधानमन्त्रीले उहाँलाई निम्तो दिनुभएको हो,’ उनले थपे।

शाहको भ्रमणको मिति दुवै पक्षको अनुकूलताका आधारमा तय हुने जयसवालले बताए । भारतले एकातर्फ सुगौली सन्धिको सक्कल प्रतिसम्बन्धी विषयमा प्रत्यक्ष जवाफ नदिई द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने जनाएको छ। अर्कोतर्फ प्रधानमन्त्री शाहको भ्रमणका लागि निमन्त्रणा कायमै रहेको पनि उसले बताएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : १५ बजे

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद