निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ « Khabarhub

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार निजलाई काठमाडौँ महानगरपालिका–२२ टेवहालबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा निजले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्याकर डिभाइस रहेको भनी झुठ्ठा प्रचारप्रसार गरी व्यावसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जीपीएस ट्रर्याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाइ, निशान छापको दुरुपयोग गरी जिपिए ट्रर्याकर बिक्री वितरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रहरीले निजको साथबाट नेपाल सरकारको निशान छाप अङ्कित ५२ थान जीपीएस ट्रर्याकर डिभाइस बरामद गरेको छ । निजलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : १४ बजे

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद