भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि « Khabarhub

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको आज जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

डा विमको पार्थिव शरीरमा उनका जेठा सुपुत्र डा आभाषलाभ कर्णले दागवती दिए।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको गएराति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो।

डा विमलको पार्थिव शरीरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश), मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण, मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव, प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले श्रद्धाञ्जली दिए।

अन्त्येष्टिको क्रममा नेपाल प्रहरीको टोलीले स्व डा विमललाई सलामी अर्पण गरेको थियो।

उनको निधनसँगै नेपाली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : १७ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक