भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण « Khabarhub

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा भण्डारण गरिएका ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।

ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा धेरै भोज तथा कार्यक्रम हुने भएकाले ग्यास आवश्यक पर्ने भन्दै आफू चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका छन्। स्थानीय प्रशासनको अनुरोधपछि आवश्यक परेका सर्वसाधारणलाई उक्त ग्यास वितरण गरिएको उनले जानकारी दिए।

यसैबीच, जिल्ला प्रहरीले ग्यासको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–२, इटाछेका ४१ वर्षीय राजेश कर्मचार्यलाई १४ वटा सगर ग्यास सिलिन्डरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, सूर्यविनायक नगरपालिका–३, ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भएका साहले प्रतिसिलिन्डर दुई हजार ८०० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरिएको छ।

ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा अवैध भण्डारण गर्ने गतिविधिमाथि अनुगमनलाई थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ८ : ३७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु