प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन  « Khabarhub

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । 

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन् । 

उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गरे । 

विसं २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्त्व धेरै नै रहेको उनले बताए । 

उनले विपदपछिको पुनर्निर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच नै सरकारको निर्णय बन्ने हुँदा सही आर्थिक दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै सभापति थापाले कांग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्योल नरहेको धारणा राखे । पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट नेतृत्वमा आउने तथा नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने उनले बताए । 

त्यस्तै उनले नागरिकहरूसँग टुटेको विश्वास पुनः स्थापित गर्न महाधिवेशन र दसैँ लगत्तै ७७ वटै जिल्लामा गाउँ–गाउँ पुग्ने गरी देशव्यापी अभियान सुरु गरिने जानकारी दिए । 

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १ : ०८ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध