‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’ « Khabarhub

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली बन्द गरेको भन्दै विरोध जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद दुलाले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र प्रतिस्पर्धी बनाउन २०७० सालदेखि लागू गरिएको इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली १३ वर्षपछि सरकारले बन्द गरेको भन्दै विरोध जनाए।

साउन, भदौ, असोज र कात्तिक महिना सरकारको मुख्य ठेक्कापट्टा लगाउने समय भए पनि प्रणाली बन्द हुँदा प्रक्रिया रोकिएको उनले बताए ।

उनले उक्त प्रणाली बन्द हुँदा केन्द्र सरकारका सयौँ कार्यालय, ७५३ वटै स्थानीय तह र सातै प्रदेश मातहतका कार्यालयहरूबाट हुने ठेक्का प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको र औषधि खरिद, स्वास्थ्य सामग्री, अत्यावश्यक वस्तु आपूर्ति तथा समग्र विकास निर्माणका काम ठप्प बनेको उल्लेख गरे।

उनले प्रणाली ह्याक भएको र पुरानो कोडबाट चल्न नसक्ने बहाना बनाएर प्रणालीलाई नै ’क्र्यास’ गराई नयाँ ल्याउने खेल भइरहेको सूचना आएको दावी गरे ।

विगतमा ह्याकिङमा संलग्न बिचौलिया, कर्मचारी र व्यवसायीको मिलेमतोमा सरकारलाई प्रभावमा पारी प्रणाली बन्द गराइएको उनले आशंका गरे ।

उनले ‘डिजिटल शासन र सुशासन’ को नारा दिएर आएको सरकार पुनः कागजी युगमा फर्कनु ठूलो विडम्बना हुने बताए । कागजी प्रक्रियामा लगेर गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोजिए यसले मुलुकमा चरम कुशासन निम्त्याउने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १ : ३८ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा