‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’ « Khabarhub

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली बन्द गरेको भन्दै विरोध जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद दुलाले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र प्रतिस्पर्धी बनाउन २०७० सालदेखि लागू गरिएको इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली १३ वर्षपछि सरकारले बन्द गरेको भन्दै विरोध जनाए।

साउन, भदौ, असोज र कात्तिक महिना सरकारको मुख्य ठेक्कापट्टा लगाउने समय भए पनि प्रणाली बन्द हुँदा प्रक्रिया रोकिएको उनले बताए ।

उनले उक्त प्रणाली बन्द हुँदा केन्द्र सरकारका सयौँ कार्यालय, ७५३ वटै स्थानीय तह र सातै प्रदेश मातहतका कार्यालयहरूबाट हुने ठेक्का प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको र औषधि खरिद, स्वास्थ्य सामग्री, अत्यावश्यक वस्तु आपूर्ति तथा समग्र विकास निर्माणका काम ठप्प बनेको उल्लेख गरे।

उनले प्रणाली ह्याक भएको र पुरानो कोडबाट चल्न नसक्ने बहाना बनाएर प्रणालीलाई नै ’क्र्यास’ गराई नयाँ ल्याउने खेल भइरहेको सूचना आएको दावी गरे ।

विगतमा ह्याकिङमा संलग्न बिचौलिया, कर्मचारी र व्यवसायीको मिलेमतोमा सरकारलाई प्रभावमा पारी प्रणाली बन्द गराइएको उनले आशंका गरे ।

उनले ‘डिजिटल शासन र सुशासन’ को नारा दिएर आएको सरकार पुनः कागजी युगमा फर्कनु ठूलो विडम्बना हुने बताए । कागजी प्रक्रियामा लगेर गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोजिए यसले मुलुकमा चरम कुशासन निम्त्याउने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १ : ३८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह