आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो « Khabarhub

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारको आलोचना गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले आफूलाई दैनिक हजारौँ फोन ग्यास नपाएको गुनासोसहित आउने गरेको बताइन्।

‘मलाई दिनमा हजारौँ फोन आउँछन्। पसलमा ग्यास छ, तर पसलेले बेच्न मान्दैनन् भनेर गुनासो आउँछ,’ उनले भनिन्, ‘यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै भनेजस्तो भयो। यसले त नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र?’

ग्यास उपलब्ध गराउन नसक्ने भए सरकारले स्पष्ट रूपमा जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो।

‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस्। यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस्,’ उनले भनिन्।

उनले ग्यास अभावको समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नभएको बताइन्। बिहीबार मात्रै गौरीकुमारी यादवले राजीनामा दिएपछि नयाँ उद्योग मन्त्रीमा वालेन्द्रले दीपककुमार साहलाई नियुक्त गरेका थिए।

‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन। यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ,’ तामाङले भनिन्।

ग्यास अभावको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले मन्त्री परिवर्तन गर्दैमा समस्या समाधान नहुने बताइन्।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १ : ४९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध