भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त « Khabarhub

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका ८/८ जना, वैतेश्वर गाउँपालिकाका ७ तथा जिरी नगरपालिकाका ६ जना बेपत्ता छन्।

त्यसैगरी मेलुङ गाउँपालिकाका ५, शैलुङ गाउँपालिकाको ३ जना र तामाकोशी गाउँपालिका, बिगु गाउँपालिकाका ४/४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

आफन्तमा पीडा

लामो समयसम्म बेपत्ताको कुनै खबर नआएपछि परिवारजनमा आशा र निराशाको अवस्था देखिएको छ। वैतेश्वर–३ मिर्गेका नरबहादुर तामाङ बाढीपछि बेपत्ता छन् ।

श्रीमान्को अवस्था १५/१६ दिनसम्म पनि थाहा नभएपछि उनकी श्रीमती माइली तामाङले बौद्ध धर्मअनुसार भदौ ३० गते घेवापूजा गर्ने तयारी गरेको बताइन्।

अन्तिम संस्कारको तयारी

त्यसैगरी, वैतेश्वर–८ का हरिबहादुर श्रेष्ठको पनि एक–दुई दिनमै काजकिरिया गर्ने तयारी भइरहेको वडाध्यक्ष शान्तबहादुर जिरेलले बताए। बाढीमा बेपत्ता भएका अन्य व्यक्तिका परिवारले समेत कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कार गर्ने तयारी गरिरहेका छन्।

बेपत्ताहरूको खोजी कार्य जारी रहे पनि लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारजन बाध्य भएर परम्पराअनुसार अन्तिम संस्कारको प्रक्रियामा जान थालेका हुन्।

बेपत्ताका परिवार स्थानीयतहले राहत उपलब्ध गराउने 

बाढिमा बेपत्ता भएका परिवारलाई जिल्लाको भीमेश्वर नगरपालिकाले जनही एक लाख राहत उपलब्ध गराउने भएको छ। नगरपालिकाले घाइतेलाई २५ हजार र बेपत्ता मृतकलाई एक लाख दिने निर्णय गरेको हो ।

त्यसैगरी जिरी नगरपालिकाले बाढीमा बेपत्ता भएका नगरपालिकाभित्रका नागरिकलाई प्रतिपरिवार ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसैगरी गौरीशंकर गाउँपालिकाले पनि बेपत्ताका प्रतिपरिवार एक लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए ।

जिल्लाका अन्य ६ वटा पालिकाले भने प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा राहत जम्मा गरेपनि बेपत्ता परिवारलाई दिने राहत भने घोषणा गर्न बाँकी रहेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  २ : ०० बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध