अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे « Khabarhub

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली आइपुगेका छन्।

राष्ट्रपति बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। अमेरिका–इरान युद्धपछि उनको भारत भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

पजशकियानले शुक्रबार साँझ ६ः१५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बिहीबार राति नयाँदिल्ली आइपुगेका छन्। उनलाई भारतका विदेश राज्यमन्त्री केभी सिंहले विमानस्थलमा स्वागत गरेका थिए। गार्ड अफ अनरपछि पुटिनको टोली नयाँदिल्लीस्थित आईटीसी मौर्य होटलतर्फ गएको थियो।

पुटिनले शुक्रबार दिउँसो ३ः३० बजे प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा भारतमा रुसी एसयु-५७ लडाकु विमान उत्पादन गर्ने तथा आवश्यक प्रविधि हस्तान्तरण गर्ने रुसी प्रस्तावबारे छलफल हुन सक्ने बताइएको छ।

भारत र रूसबीच रक्षा सहकार्य पुटिनको भ्रमणको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ। यसअघि सन् २०१६ मा गोवामा भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा भारत र रूसबीच एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिदसम्बन्धी सम्झौतामा सहमति भएको थियो।

पुटिनको बख्तरबन्द कारसहित सैन्य विमान भारतमा

पुटिन भारत आउनुअघि नै उनको सुरक्षा टोली, बख्तरबन्द कार तथा आवश्यक सामग्री बोकेका रुसी विमानहरू भारत आइपुगेका थिए।

बिहीबार नोएडास्थित जेवर विमानस्थलमा रूसका तीनवटा सैन्य यातायात विमान अवतरण गरेका थिए। ती विमानमार्फत पुटिनको भ्रमणमा प्रयोग हुने सामग्री तथा उनको बख्तरबन्द ‘अरस सेनाट’ लिमोजिन पनि भारत ल्याइएको हो।

पुटिनसँगै आउने ‘फ्लाइङ क्रेमलिन’ भनिने आईएल-९६-३००पीयू विमानलाई चलायमान राष्ट्रपति कमान्ड सेन्टरका रूपमा प्रयोग गरिन्छ।

भारत भ्रमणका क्रममा पुटिनको भित्री सुरक्षा रूसको फेडरल प्रोटेक्टिभ सर्भिस (एफएसओ) ले सम्हाल्नेछ भने बाहिरी सुरक्षा घेरा भारतीय सुरक्षा निकायले सम्हाल्ने बताइएको छ।

पुटिनका लागि तयार गरिने खानाको समेत छुट्टै सुरक्षा जाँच हुने जनाइएको छ। भ्रमणका क्रममा रूसले आफ्नै शेफसमेत ल्याएको छ।

यसअघि रुसी कूटनीतिज्ञहरू बोकेको अर्को आईएल-९६ विशेष विमान पनि नयाँदिल्ली आइपुगेको थियो। रूसका उपप्रधानमन्त्री डेनिस मन्तुरोभसमेत भारत पुगिसकेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ३ : १६ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन