खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू) « Khabarhub

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन् ।

ग्यासको मूल्य बढाइए पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै विद्यार्थी संगठनहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन् । 

उनीहरूले थाल र खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गर्दै बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटवालले जनतालाई गाँस र बासको आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट मात्रै सरकार चलाउन खोजिएको भन्दै सरकारको आलोचना गरिन् । 

उनले देशमा ठूलो संकट देखा परेको भन्दै त्यसको समाधानका लागि संयुक्त विद्यार्थी संगठनहरू जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताइन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाएका थिए । 

विद्यार्थी संगठनहरूले ग्यासको सहज आपूर्ति नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ७ : ०० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह