खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू) « Khabarhub

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन् ।

ग्यासको मूल्य बढाइए पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै विद्यार्थी संगठनहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन् । 

उनीहरूले थाल र खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गर्दै बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटवालले जनतालाई गाँस र बासको आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट मात्रै सरकार चलाउन खोजिएको भन्दै सरकारको आलोचना गरिन् । 

उनले देशमा ठूलो संकट देखा परेको भन्दै त्यसको समाधानका लागि संयुक्त विद्यार्थी संगठनहरू जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताइन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाएका थिए । 

विद्यार्थी संगठनहरूले ग्यासको सहज आपूर्ति नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ७ : ०० बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका