सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल « Khabarhub

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाइएको बताएका छन् । 

शुक्रबार मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसंगको छलफलका क्रममा मन्त्री लम्सालले सरकारले बीआरटी मोडल र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार देशभरका सिटी बस, लामो दूरीका बस र ट्याक्सीहरूको व्यवस्थापन गर्ने नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएको बताएका हुन् ।

उनले सरकार अब डिजेल गाडीको पक्षमा नरहेको र सबै सार्वजनिक सवारीलाई पूर्ण रूपमा विद्युतीय बनाउने योजनाका साथ अघि बढेको धारणा राखे । 

व्यवसायीहरूको पूर्ण सहमति र परामर्शबिना सरकारले यातायात ऐन जारी नगर्ने स्पष्ट पार्दै उनले ऐनको मस्यौदा बनाउँदा व्यवसायीहरूसंग छलफल गरिने उल्लेख गरे । 

मन्त्री लम्सालले पहिलो चरणमा पोखरा, त्यसपछि काठमाडौं र लुम्बिनीमा आन्तरिक सार्वजनिक यातायात व्यवस्थापनका लागि एडीबी र मन्त्रालयको समन्वयमा काम अघि बढेको जानकारी दिए ।

व्यवसायीहरूले अहिले डिजेल गाडी किन्ने र पछि विद्युतीय अनिवार्य गर्दा मर्का नपरोस् भनेर नै अहिले कालो नम्बर प्लेटको दर्ता/व्यवस्थामा कडाइ गरिएको उनले स्पष्ट पारे । 

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषका लागि ९१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँ सहयोग रकम मन्त्री लम्साललाई हस्तान्तरण गरेको थियो भने सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि मन्त्री लम्सालको ध्यानाकर्षण समेत गराएको छ । 

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ४ : ५९ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत