इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल « Khabarhub

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञले क्षेत्रीय तनाव र बढ्दो असुरक्षाबारे टेलिफोन वार्ता गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघची र साउदी विदेशमन्त्री फैसल बिन फरहानबीच बिहीबार भएको वार्तामा तनाव फैलिन नदिन तथा क्षेत्रीय स्थिरता पुनःस्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्नेमा जोड दिइएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।

वार्तामा यमनको पछिल्लो द्वन्द्वबारे प्रत्यक्ष उल्लेख नगरिए पनि इरानले यमनका हुथी विद्रोहीलाई सैन्य तथा आर्थिक सहयोग गर्दै आएको छ भने साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै आएको छ । हुथीहरूले राजधानी साना, होडाइडा र उत्तरी ठूलो भूभाग नियन्त्रणमा राख्नुका साथै हालै रणनीतिक लाल सागर बन्दरगाह सहर मोचा कब्जा गरेका छन् ।

बुधबार साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले दक्षिणी साउदी अरबका विभिन्न सहरमा ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको थियो । हुथीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्डब जलघाँटीतर्फ पनि आक्रमण बढाएका छन् । ड्रोन र क्षेप्यास्त्रमार्फत उनीहरूले लाल सागरको समुद्री यातायातमा अवरोध पु¥याउँदै आएका छन् ।

इरानी विदेश मन्त्रालयले यमनसम्बन्धी छुट्टै विज्ञप्तिमा सैन्य हस्तक्षेपबाट यमनी सङ्कट समाधान गर्न नसकिने बताउँदै राजनीतिक तथा कूटनीतिक समाधानमा जोड दिएको छ । केही वर्षको तुलनात्मक शान्तिपछि हिंसा र गरिबीबाट प्रभावित यमन जुलाईमा पुनः युद्धमा फर्किएको हो । पछिल्लो द्वन्द्वले इरान र साउदी अरबबीचको क्षेत्रीय प्रतिस्पर्धासँगै मध्यपूर्वको असुरक्षा थप बढाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ६ : ३७ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष