हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया « Khabarhub

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताएका छन् । सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको थियो ।

दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञ चो ह्युन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच तेहरानको अनुरोधमा टेलिफोन वार्ता भएको हो । सियोलको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूले ‘मध्यपूर्वको हालको अवस्था र हर्मुज जलसन्धि’ बारे छलफल गरेका छन् ।

मन्त्रालयका स्रोतले भनेको छ, “चोले हाम्रो स्पष्ट अडान राख्नुभएको छ ।सम्भावित तैनाथीबारे कुनै निर्णय भइसकेको छैन र हर्मुजमा स्वतन्त्र आवागमन पुनःस्थापित हुनुपर्ने कुरामा जोड दिनुभएको भएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्र दक्षिण कोरियालाई मध्यपूर्वको युद्धमा सहयोग गर्न बारम्बार दबाब दिनुभएको छ । एका छन्। उनले सियोलले विश्वको तेल आपूर्तिका लागि महत्वपूर्ण यो जलमार्ग सुरक्षित गर्न सहयोगको अनुरोध अस्वीकार गरेको बताएका छन्।

शुक्रबारको यो फोनवार्ता तेहरानले यस साताको सुरुमा दिएको चेतावनीपछि भएको हो । तेहरानले कुनै पनि दक्षिण कोरियाली सैन्य सहयोगले ‘गम्भीर परिणाम’ निम्त्याउने चेतावनी दिएको थियो । दक्षिण कोरियाले हर्मुजको अवस्था बुझ्न तथ्य सङ्कलन टोली पठाएको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु भएदेखि नै यो महत्वपूर्ण समुद्री मार्ग लगभग ठप्प जस्तै छ । यसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पारेको छ । हर्मुजमाथि नियन्त्रण राख्ने इरानको अडानका कारण इरान र अमेरिकाबीचको वार्ता अड्किएको छ । सामान्य अवस्थामा यो मार्गबाट विश्वको करिब पाँच भागको एक भाग तेल तथा अन्य इन्धन निर्यात हुन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ८ : २१ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी