सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो « Khabarhub

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगिताबाट ६६६ पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

प्रधान कार्यालयका अनुसार कुल मागमध्ये सशस्त्र प्रहरी जवान पदमा ६०४ जना माग गरिएको छ । जवान पदमा खुलातर्फ ३२६, आदिवासीरजनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ ।

त्यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचर माग गरिएको छ । जसमा भान्छे पदमा ३८, कूचिकारमा ८, केशकर्तकमा ७, सूचिकारमा ६, चर्मकर्मीमा २ र माली पदमा १ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यी पदमा पनि खुला तथा समावेशी समूहअनुसार कोटा निर्धारण गरिएको छ ।

इच्छुक उम्मेदवारले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिने उम्मेदवारले भने आफूले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ ।

दरखास्त दिएका उम्मेदवारको प्रारम्भिक शारीरिक परीक्षण सम्बन्धी तालिका आगामी कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलले इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ८ : ३२ बजे

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको