देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, आज राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ७ : ११ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको