विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक « Khabarhub

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले ७५ बलमा अर्धशतक पूरा गरेका हुन् । २८ ओभरको समाप्तिमा नेपालले तीन विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ ।

नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ रनमा आउट भएपछि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा रोहितले सम्हालिएर खेलेका हुन् ।

आशिफ शेख तीन बलमा चार रन बनाउँदा आउट भए भने इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै आउट भएका हुन् । अहिले क्रिजमा बसिर अहमेद र रोहित पौडेल छन् ।

लिग टु को अन्तिम सिरिजमा खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा स्थान सुधार गर्ने अवसर हुनेछ। शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती छ।

नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ । यसमध्ये तीन खेलमा जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सिरिजको पहिलो खेलमा शुक्रबार ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना समाप्त भएको थियो।

लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।

लिग–२ को अन्तिम चार खेलमा आइपुग्दा नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ । यस्तै, क्यानडाले ३३ खेलबाट २५, ओमानले २९ खेलबाट ३३ अंक बनाएका छन् ।

यसैगरी, नामिबिया ३५ खेलबाट ३१, यूएईले ३१ खेलबाट १९ अंक जोडेका छन् । अमेरिकाले ३४ खेलबाट ४७ अंक बनाएर च्याम्पियन बन्दा स्कटल्याण्डको ३६ खेलबाट ४५ र नेदरल्याण्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १ : ०१ बजे

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता