अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ « Khabarhub

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

‘बाटुलो जुन’ को पहिलो गीत सार्वजनिक भयो


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला फिल्म ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक भएको छ । 

भुवन केसीको निर्देशनमा बनेको यस फिल्मको ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ बोलको गीत घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको रोमान्टिक जोडी देख्न सकिन्छ।

युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माले स्वर दिएका छन् । 

गीतको भिडियोमा अनमोल र प्रिन्सीको प्रेमिल प्रस्तुतिलाई आकर्षक ढंगले देखाइएको छ । भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् ।

फिल्मको टिजर सार्वजनिक भएपछि अनमोलको लुकले दर्शकको ध्यान खिचेको थियो । 

उनको नयाँ अवतारमा धेरैले पिता भुवन केसीको झल्को पाएको प्रतिक्रिया दिएका थिए । 

अब पहिलो गीत सार्वजनिक भएसँगै फिल्ममा अनमोल र प्रिन्सीको जोडी कस्तो देखिनेछ भन्ने चासो पनि बढेको छ ।

भुवन केसीले दोस्रोपटक निर्देशन गरेको यस फिल्ममा अनमोल र प्रिन्सीसँगै स्वयं भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ । 

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखन गरेको फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।

राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन् । 

जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्मका सह–निर्माता विवेक थापा हुन् ।

पहिलो गीतमार्फत प्रेमिल माहोल प्रस्तुत गरेको ‘बाटुलो जुन’ले अनमोलको नयाँ अवतार, प्रिन्सीसँगको केमेस्ट्री र भुवन केसीको निर्देशनलाई लिएर दर्शकमाझ कस्तो प्रभाव पार्छ, त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १ : ०१ बजे

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता