एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब « Khabarhub

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । 

अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । 

सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ । गीत तथा सङ्गीत भिडियोहरू एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।

पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन् । 

प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई अझ रोमाञ्चक वनाउनेछन ।

परम्परागत शैलीभन्दा फरक रहेर नयाँ सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो । 

एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ७ : ०६ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा