काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूलाई उद्धार र राहतका लागि सरकारले तीव्रता दिएको बताएका छन् ।
आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दे मन्त्री गुरुङले राहत सामाग्री सहित उद्धारको कामहरू भइरहेको बताए ।
उनले बाढीका कारण जलविद्युतहरूमा क्षति पुगेका कारण हाल सोलार मार्फत बत्ती जडान गर्ने र टेलिफोन लगायत जडान गर्ने काम भइरहेको जानकारी दिए ।
गोरखाको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको भीषण बाढीले बुढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ।














प्रतिक्रिया