वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार « Khabarhub

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ ।

मदन पुरस्कार गुठीको भदौ २१ गते बसेको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्येबाट वीणाको कृतिलाई मदन पुरस्कारका लागि छनोट गरेको थियो । 

सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत नाच परम्पराको सङ्कलन, अभिलेखीकरण र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाले उक्त कृतिलाई पुरस्कारका लागि योग्य ठहर गरिएको गुठीले जनाएको छ । 

उक्त पुरस्कार ग्रहण गर्दे लेखिका वीणा जोशी (राजभण्डारी)ले मदन पुरस्कार नेपाली साहित्य आकासमा बलिरहेको चम्किलो दीपक भएको उल्लेख गर्दै सोही पुरस्कार आँफले ग्रहण गर्न पाउँदा गौरव महशुस भएको बताइन् ।

यस वर्षको मदन पुरस्कारका लागि प्रारम्भिक रूपमा १० पुस्तक मदन पुरस्कार श्रेष्ठ सूचीमा समावेश गरिएको थियो । 

नेपाल तथा नेपालबाहिर नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट एक कृतिलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिँदै आएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ७ : ३७ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा