फाल्गुनन्दको मार्गनिर्देशनले समाजलाई एकताबद्ध बनाएको छ : राष्ट्रपति पौडेल « Khabarhub

फाल्गुनन्दको मार्गनिर्देशनले समाजलाई एकताबद्ध बनाएको छ : राष्ट्रपति पौडेल


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाएको मार्गनिर्देशनले नेपाली समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक कुरीति र रूढीवादी परम्पराको अन्त्य गरी समाजलाई सही बाटोमा डोर्‍याउन फाल्गुनन्दले खेलेको भूमिका स्मरणीय रहेको उल्लेख गरेका हुन् ।

उनले फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्‍याएको बताए ।

राष्ट्रपति पौडेलले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा फाल्गुनन्दले पुर्‍याएको योगदानको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिएको सन्देशमा उल्लेख गरेका छन्।

धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा फाल्गुनन्दले धर्म, भाषा, लिपि र परम्पराको संरक्षण तथा विकासका साथै समाज सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलले स्मरण गरे ।

उनले फाल्गुनन्द जयन्तीले सबैलाई सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा र समाज सुधारको अभियानमा सक्रिय रहन थप प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ११ : १७ बजे

फाल्गुनन्दको मार्गनिर्देशनले समाजलाई एकताबद्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाएको मार्गनिर्देशनले नेपाली समाजलाई

ट्रम्पको बीबीसीविरुद्धको पाँच अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

बाँके– कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती

भाइटीका : सनातन संस्कार, विज्ञान र सम्बन्धको जीवनदर्शन

निधारमा सप्तरङ्गी टीका, गलामा दोहोरो छड्के सयपत्रीको माला र शिरमा

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत