हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु « Khabarhub

हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ तारापुरस्थित शिविरमा जंगली हात्तीको बथान पसेर घर भत्काउँदा घरभित्र सुतिरहेकी ६० वर्षीया लक्ष्मी डगौराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति आफ्नै कच्ची घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा डगौराको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार हात्तीको बथानले डगौराको घरसमेत भत्काएको छ । घटनाका बेला घरमै रहेका उनका श्रीमान् मोहन डगौराले भने भागेर ज्यान जोगाएका छन् ।

घटनापछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ । पछिल्लो घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १२ : २९ बजे

कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने

काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्

हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको बथानले

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा