बंगलादेशका विश्वविद्यालयमा पूर्वसत्ताधारी दलनिकट प्राध्यापक र विद्यार्थीमाथिको कारवाही स्वेच्छाचारी : ह्युमन राइट्स वाच « Khabarhub

बंगलादेशका विश्वविद्यालयमा पूर्वसत्ताधारी दलनिकट प्राध्यापक र विद्यार्थीमाथिको कारवाही स्वेच्छाचारी : ह्युमन राइट्स वाच


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशका सार्वजनिक विश्वविद्यालयहरूमा पूर्वप्रधानमन्त्री शेख हसिना र उनको अवामी लिग पार्टीसँग आबद्ध रहेको आरोपमा दर्जनौँ प्राध्यापक तथा विद्यार्थीहरूमाथि स्वेच्छाचारी रूपमा कारबाही गरिएको ह्युमन राइट्स वाच (एचआरडब्लु) ले जनाएको छ ।

विज्ञप्ति जारी गर्दै एचआरडब्लुले उचित कानुनी प्रक्रिया पूरा नगरी र शान्तिपूर्ण आस्थाका आधारमा कसैलाई दण्डित गर्नु अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत संरक्षित अभिव्यक्ति तथा संगठन स्वतन्त्रताको उल्लंघन हुने बताएको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट हसिना सरकार अपदस्थ भएपछि र सन् २०२६ फेब्रुअरीको निर्वाचनबाट बंगलादेश नेसनलिस्ट पार्टी सत्तामा फर्किएपछि २० भन्दा बढी सार्वजनिक विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू प्रभावित भएका छन् ।

प्रतिवेदनअनुसार प्राध्यापकहरूलाई बर्खास्त गर्ने, निलम्बन गर्ने, पठनपाठनमा रोक लगाउने तथा पदोन्नति रोक्ने जस्ता कारबाही गरिएका छन् । ढाका विश्वविद्यालय, बंगलादेश कृषि विश्वविद्यालय र शेर-ए-बंगला कृषि विश्वविद्यालय लगायतका संस्थाहरूमा विश्वसनीय छानबिनबिना नै प्राध्यापकहरूमाथि कारबाही भएको र २०२६ अगस्टसम्ममा थप २२ विश्वविद्यालयका ४०४ प्राध्यापकमाथि छानबिन थालिएको छ । त्यस्तै, अवामी लिग समर्थक मानिएका सयौँ विद्यार्थीलाई निष्कासन गर्ने, परीक्षाको प्रमाणपत्र रोक्का गर्ने र क्याम्पस प्रवेशमा बन्देज लगाउने कार्य गरी शिक्षाको अधिकारबाट वञ्चित गरिएको छ ।

ह्युमन राइट्स वाचकी एसिया उपनिर्देशक मीनाक्षी गांगुलीले विश्वविद्यालयमा राजनीतिक बहसको लामो इतिहास रहेको उल्लेख गर्दै यस्तो विमर्शबाट तानाशाहहरू मात्र डराउनुपर्ने बताएकी छिन् । सत्ता र प्रतिपक्ष फेरिँदा विगतकै दमनकारी शैली दोहोर्‍याउनुको सट्टा बंगलादेशले विगतको दमनको अध्याय बन्द गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ८ : ३२ बजे

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको