काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा पनि पुगेका छन् । शर्मासँगै महाधिवेशन स्थलमा चन्द्र भण्डारी, सुनिल शर्मा, अर्जुन नरसिंह केसी, पुष्पा भुसाल लगायतका नेताहरू पनि पुगेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का सभापति शेरबहादुर देउवा लगायतका नेता भने विशेष महाधिवेशनमा अहिलेसम्म देखिएका छैनन् । व्यवस्थापन पक्षले विशेष महाधिवेशन बहिष्कार गर्दा संस्थापन इतर पक्षका नेताहरू भने हर्षउल्लास मुद्रामा उपस्थित भएको देखिन्छ ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत सम्पूर्ण नेताहरुलाई जानकारी गराइए पनि अहिलेसम्म उनीहरू महाधिवेशन स्थल पुगेका छैनन् । पार्टीमा संस्थापन पक्ष र संस्थापन इतरको विवादबीच भएको यो विशेष महाधिवेशनलाई नेपाली जनता र कांग्रेस शुभचिन्तकले चासोका साथ हेरेका छन् ।













प्रतिक्रिया