सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा « Khabarhub

सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले औपचारिक रुपमा घोषणा गरेको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । 

अव अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भीष्मराज प्रर्साईँले तोकिएको समयमा अन्य तर्फ एक जनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुइ– दुइ जनाको उम्मेदवारी परेको जानकारी दिए । 

महिला तर्फएमालेबाट रोश्नी मेचे र नेपाली कम्युनिष्ट पार्टीका नमिता न्यौपाने, दलित तर्फएमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीका खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । 

कोशी प्रदेशमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७३ गरि ३६६ जना मतदाता रहेका छन् । एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ०३ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र