काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुट्न लाग्दा पार्टीका सभापति शेरबहादुर देउवाले आफूनिकटलाई छलफलका लागि बोलाएका छन् ।
काठमाडौं भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहँदा सभापति देउवाले आफू निकटका पदाधिकारी तथा नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका हुन् ।
सभापति देउवाले विशेष महाधिवेशनमा बहुमत संख्या पुग्ने अवस्था देखेपछि सो सम्बन्धी आवश्यक कदम चाल्ने विषयमा ती नेताहरूलाई छलफलमा बोलाइएको हुनसक्ने स्रोतले जनाएको छ ।













प्रतिक्रिया