काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ३० देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर संक्रान्ति २०८२ को आयोजना गर्ने जानकारी दिएको हो ।
महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव एवं मूल आयोजक समितिका सदस्यसचिव टेकबहादुर नामजाली मगरले जानकारी दिए ।
महोत्सवमा मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषाका साथै मगर जातिको मौलिक खेल लगायत प्रदर्शन हुने उनले बताए ।
मगर समुदायका मौलिक संस्कृतिहरू नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै विश्वव्यापी बनाउने उद्देश्यका साथ मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव आयोजना गरिएको मगरले बताए ।













प्रतिक्रिया