काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा गीत ‘संगी’ सार्वजनिक भएको छ ।
कपिलराज गिरीको शब्द र शानको संगीतमा यो गीत तयार भएको हो ।
गीतको भिडियोमा नायक पल शाह र मोडल सजिना श्रेष्ठ फिचर्ड छन् । यस रोमान्टिक गीतको भिडियोमा पल र सजिनाको रोमान्स देख्न सकिन्छ ।
मनाङको रमणीय स्थानमा पाँच दिनको मिहिनेत गरेर भिडियो खिचिएको निर्माण पक्षले बताएको छ ।
किरण थापाको निर्देशन र कोरियोग्राफीमा यो भिडियो तयार भएको हो ।
भिडियोको लिंक :













प्रतिक्रिया