काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम चलिरहने भन्दै नागरिकको भरोसा जोगाउनु आजको आवश्यकता रहेको उद्घोष गरेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशमा अहिले विश्वासको संकट रहेको उल्लेख गरे ।
‘नेपाल आज ठिक छैन विश्वासको संकट छ,’ उनले भने, ‘यही अवस्थामा गएको १०–१५ वर्ष नेपाली समाज जोडियो । पार्टीले विश्वास गुमाएको अवस्था छ ।ँ
यो बेलामा सबै सम्हालेर जानुपर्ने पार्टीकोे जिम्मेवारी रहेको उनको ठहर छ । ‘चुनावकै ठूलो कुरो होइन । चुनाव आउँछ–जान्छ, कहिले जितौँला, कहिले हारौँला । त्योभन्दा फराकिलो भएर हामीले हेर्नुपर्ने छ ।’ उनले भने, ंसंविधान र सिस्टम जोगाउनु छ, त्योभन्दा बढी हामीले नागरिकको भरोसा जोगाउनु छ।’













प्रतिक्रिया