ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासले अनावश्यक तनाव पैदा गर्छ : अमेरिका « Khabarhub

ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासले अनावश्यक तनाव पैदा गर्छ : अमेरिका


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासले अनावश्यक तनाव पैदा गर्ने टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सैन्य अभ्यासबाट अनावश्यक तनाव सिर्जना हुने जनाएको हो ।

चीनले ताइवानमाथि नाकाबन्दी लगाउने पूर्वातयारीस्वरुप सैन्य अभ्यास गरेको जनाइएको छ । अमेरिकाले चीनलाई संयमता अपनाउन पनि आग्रह गरेको छ ।

चिनियाँ सैन्य अभ्यास र ताइवान तथा अन्य क्षेत्रीय मुलुकविरुद्ध प्रयोग भएका खरो टिप्पणीले अनावश्यक तनाव बढाउने अमेरिकी जिकिर छ । अमेरिकाले ताइवानमाथि सैन्य दबाब कम गर्न र अर्थपूर्ण संवादमा जुट्न पनि चीनलाई आग्रह गरेको छ ।

विदेश मन्त्रालयले अमेरिका सधैँ क्षेत्रीय शान्ति र स्थीरताको पक्षमा रहेको पनि स्पष्ट पारेको छ । सैन्य दबाब वा धम्की दिएर एकपक्षीय रुपमा यथास्थितीलाई परिवर्तन गर्ने कुनै पनि कदमको विपक्षमा रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : १६ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु