बुधबार श्रीकृष्णको पूजा गर्नुहोस् « Khabarhub

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन कृष्ण पक्षको नवमी तिथि । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी ११ तारिख ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी–देवताको कृपा हुने गर्छ।
बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ३३ बजे

विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको

गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी

काठमाडौं – राष्ट्रिय सभाकी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले विदेशमा

निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन