अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी : गगन « Khabarhub

अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी : गगन


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले कहिले लाइनमा घण्टौँ उभिनु पर्ने, कहिले फाइल एक कार्यालयबाट अर्को कार्यालय घुमिरहँदा काममा अनावश्यक ढिलाइ हुने अवस्थाले नागरिकलाई सरकारी सेवा लिन नै हैरानीको विषय बनेको उल्लेख गरेका छन् ।

सभापति थापाले परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुःख दिएको भन्दै प्रविधिको प्रयोगमार्फत यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्।  

थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन अब शासनको शैली र तरिका परिवर्तन गर्नैपर्छ।’

उनले ‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १० : ५६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा