उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा नगदसहित पुरस्कृत « Khabarhub

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा नगदसहित पुरस्कृत


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही सात हजार प्रदान गरिएको हो । 

मङ्गलबार आयोजित कार्यक्रममा सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापामगर र निर्मला श्रेष्ठलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी, खार्पास्थित शारदा उच्च माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ की ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई अघिल्लो परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरेबापत पुरस्कृत गरिएको हो । रासस
 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ११ : ३६ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान