नवीन प्रवृत्तिका कारण भ्रष्टाचार नियन्त्रणमा चुनौती थपियो : अख्तियार « Khabarhub

नवीन प्रवृत्तिका कारण भ्रष्टाचार नियन्त्रणमा चुनौती थपियो : अख्तियार

५ वर्षमा ७२.८ प्रतिशत उजुरी फर्छ्यौट


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा देखा परेका नवीनतम प्रवृत्तिहरूको कारण भ्रष्टाचार नियन्त्रणमा विभिन्न चुनौती थपिएको जनाएको छ ।  

आयोगको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नवीनतम प्रवृत्तिहरूको कारण भ्रष्टाचार नियन्त्रणमा विभिन्न चुनौती देखिएकाले नियन्त्रणको प्रयास तथा निदानको तरिकामा समेत समशिक्षित परिवर्तन एवं परिमार्जन जरूरी देखिएको बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा आयोगको अग्रणी भूमिका रहँदै आएको कुरा निर्विवाद रहे पनि आयोग एक्लैको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताए । दण्डात्मक विधिबाट मात्र भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन गर्न सम्भव नहुने भन्दै उनले यसका लागि राज्यका सबै संयन्त्र, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगत लगायत सबैको सामूहिक प्रयास अपरिहार्य रहेको बताए ।

प्रमुख आयुक्त राईले सुशासन, प्रबन्ध र भ्रष्टाचार नियन्त्रणका लागि गर्नुपर्ने निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्यहरूप्रति राज्य सञ्चयत्वको क्रियाशीलता कम रहेको देखिएको गुनासो गरे । 

भ्रष्टाचार नियन्त्रणका कार्यमा राज्यका सबै निकायहरूको समन्वयात्मक प्रयास सुनिश्चित हुन नसकेको उनको भनाइ छ । 

उनले राज्यको लगानीमा वृद्धि गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा अभियान कै रूपमा देशव्यापी रूपमा निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न अपरिहार्य भएको धारणा राखे । 

त्यस्तै उनले सार्वजनिक निकायहरूले गर्ने कुन निर्णय नीतिगत हो, कुन होइन भन्ने सम्बन्धमा स्पष्ट कानुनी परिभाषाको अभाव रहेको रहेको र नीतिगत निर्णय र प्रशासनिक निर्णय छुट्याउन स्पष्ट आधार निर्माण नभएको उल्लेख गरे । 

यसले गर्दा प्रशासनिक निर्णयबाट हुने कामहरू समेत मन्त्रिपरिषद्मा लैजाने र नीतिगत निर्णयको नाममा आफ्ना जिम्मेवारी पछाउने गलत प्रवृत्ति सार्वजनिक पदाधिकारीहरूमा देखिएको उनको भनाइ छ ।

अख्तियारले विगत ५ वर्षमा १ लाख ४८ हजार ५ सय उजुरी दर्ता भएकोमा १ लाख ७ हजार ९ सय १५ अर्थात् ७२ दशमलव ८ प्रतिशत उजुरीको फछ्यौट भएको जनाएको छ । त्यस्तै गत आर्थिक वर्षमा १ सय ३७ र चालू आर्थिक वर्षमा ९४ वटा मुद्दा दायर भएको अख्तियारको तथ्याङ्क छ । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : ३२ बजे

‘ग्रे लिष्ट’ मा नेपाल, चुनौतीसँगै अवसर पनि

कीर्तिपुर– नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल

चुनावका कारण सर्‍यो ‘लालीबजार’को प्रदर्शन, टिजरमा स्वस्तिमा देखिइन् यौनकर्मीको भूमिकामा

काठमाडौं– चुनावका कारण षट्कोण आर्टसको ब्यानरमा बनेको फिल्म ‘लालीबजार’को प्रदर्शन

प्रतिनिधिसभा निर्वाचन : एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्यटन र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारी

काठमाडौं– नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चार बुँदे

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रिको तयारीस्वरुप विश्व सम्पदा सूचीमा सूचीकृत वैदिक सनातन हिन्दू