‘डन ३’ बाट बाहिरिएका रणवीरमाथि ४० करोड क्षतिपूर्तिको दबाब « Khabarhub

‘डन ३’ बाट बाहिरिएका रणवीरमाथि ४० करोड क्षतिपूर्तिको दबाब


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह र निर्देशक–निर्माता फरहान अख्तरबीचको सम्बन्ध पछिल्लो समय चर्चाको केन्द्रमा छ ।

सुपरहिट फिल्म ‘धुरन्धर’ को सफलतापछि रणवीर सिंहले फरहान अख्तर निर्देशित बहुप्रतीक्षित फिल्म ‘डन ३’ बाट बाहिरिएको खबरले बलिउडमा तरंग ल्याएको छ । यद्यपि, यो विषयमा दुवै पक्षबाट अहिलेसम्म औपचारिक पुष्टि भने आएको छैन ।

भारतीय मिडियाका अनुसार रणवीर सिंह ‘डन ३’ को स्क्रिप्टबाट सन्तुष्ट थिएनन् । उनले पटक–पटक स्क्रिप्टमा परिवर्तनको माग गरे पनि अन्तिम संस्करण उनलाई मन नपरेपछि फिल्म छाड्ने निर्णय लिएको बताइएको छ। तर, फरहान अख्तरको निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्ट को दाबी भने फरक छ । कम्पनीका अनुसार रणवीरले अन्तिम स्वीकृति दिएपछि मात्रै फिल्मको प्रि–प्रोडक्सन सुरु गरिएको थियो ।

भेराइटी इन्डियाको रिपोर्टअनुसार रणवीरको बहिर्गमनका कारण एक्सेल इन्टरटेनमेन्टलाई करिब ४० करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ। निर्माण पक्षले उक्त क्षतिको जिम्मेवारी रणवीर सिंहले लिनुपर्ने अडान राखेको छ। तर रणवीर सिंह भने आफू कुनै पनि प्रकारको क्षतिपूर्ति तिर्न बाध्य नरहेको दाबी गर्दै आएका छन्। उनका अनुसार स्क्रिप्टमा असहमति जनाउनु कलाकारको अधिकार हो र त्यसकै आधारमा उनले प्रोजेक्ट छाडेका हुन्।

यस बिबादबीच अभिनेता रणवीर सिंह भने आफ्नो आगामी फिल्म ‘धुरन्धर : पार्ट २’ को तयारीमा व्यस्त छन् । फिल्ममा उनी पाकिस्तानमा हम्जा अली मजारिको पहिचानमा बाँचिरहेका जसकृत सिंह रंगीको भूमिकामा पुनः देखिनेछन् । यो बहुप्रतीक्षित सिक्वेल सन् २०२६ मार्च १९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : २३ बजे

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्ने भएपछि अन्य कम्पनीको पनि प्रयोग गर्ने 

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको दुर्गम केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा हवाई उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व

देवघाटमा देखियो घडियाल गोही

चितवन– गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ ।